अनलाईन सिकाई व्यवस्थित बनाउन मन्त्रीकाे जोड

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनलाईन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनीमा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रहगर्नु भयो । उहाँले त्यसका लागिआवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिवद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वानगर्नु भयो ।
५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बालदिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाईरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्रहगर्नु भयो । मन्त्री गुरुङले कोभिड १९ को बहानामा विद्यार्थीहरुको एउटा शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराउनु भयो । उहाँले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरकार कसैले पनि कोभिडको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने पनि स्पष्ट पार्नु भयो ।

Facebook Comments