अनलाईन ठगी गर्ने र नक्कली मुद्राको कारोवार गर्ने विदेशी नागरिक पक्राउ

काठमाडाैं । पीडित युवतीले प्रयोग गर्ने सामाजिक सन्जाल Instagram मा Marky Aaron नाम गरेको व्यक्तिले चिनजान गरी आफू लण्डनको बुपाक्याम वाल अस्पतालको डाक्टर हो, नेपाल आएर तपाईलाई विवाह गर्छु भनि बिश्वास दिलाई विभिन्न व्यक्तिहरुको नामबाट कुराकानी गरी नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्डसमेत पठाएको छु भनि सामानको पार्सलको फोटोसमेत पठाई प्रलोभन देखाई विश्वासमा पारीसामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम आवश्यकप-यो भनि पटकपटक गरी पीडित युवतीलाई जम्मा रु. ४८,५४,४२०।–पठाउन लगाई लिई ठगीगरेको कसूरमा Passport noN1179701 को Republica De Angola का नागरिक Silva Antonio Da Costa समेतको संलग्नता रहको खुल्न आएको मा रु. २०,००,०००।- रुपैयाँ भन्सार छुटाउनको लागी आवश्यक परेको भनि वानेश्वर एभरेष्ट होटलमा बोलाई  सो होटलमा पुगि सम्पर्क गर्दा पुनः होटल सोल्टिमा बोलाएकोमा यस महाशाखाबाटखटिएको टोलीले मिति २०७७।०४।३०गते निजलाई पक्राउ गरी ठमेल स्थित निज बसेको होटलको कोठा खानतलासी गरी निम्न बमोजिम सामान बरामद गरी यस कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान पश्चातः ठगी र खोटा मुद्रा बनाउन नहुने कसूरसमेतमा थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर काठमाडौ पठाईएको।

प्रारम्भिक अनुसन्धानको क्रममा निजले सोही दिन एक युवतीबाट पनि रू.३७ हजार नगद यस्तै गरी ठगी प्रलोभन दिएर बुझेको पाईएको । निजले नक्कली नोट बनाउने गरेको देखिएकोमा नक्कली नोट बनाउन प्रयोग हुन केमिकल तथा कागज समेत बरामद गरिएको । निजको सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भईरहेको । निज मिति २०७६ फागुन २४ गते नेपाल आएको देखिएको । निजलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप प्रदान भई अनुसन्धान भईरहेको ।

Facebook Comments